शुक्रबार, असार ५, २०८३

समाज


हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो। यससँगै जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीका कारण ठूलो क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

डोटीमा बस दुर्घटना अपडेट : घाइतेको संख्या १२ पुग्यो

कैलालीबाट अछामका लागि छुटेको ना५च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका-१ गेरुपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

अधिकांश स्थानमा बिहानैबाट वर्षा, कस्तो रहला दिनभरको मौसम?

देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। प्रदेश–१ र मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

डोटीको सेती किनारमा बस खस्यो : चारजना घाइते, एक बालक बेपत्ता

शनिबार बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

अमेरिकी उपमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिका श्रेष्ठ

उपमन्त्री जियाले लागतार दुई नेपाली महिलाले अन्तर्राष्ट्रिय साहसिक महिला अवार्ड प्राप्त गर्नु अपवादमा हुने उपलब्धी भएको भन्दै मुस्कान र भूमिकाले देखाएको साहसको प्रशंसा गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

भरतपुरमा रुखले च्यापिएर मृत्यु भएका २ जनाको सनाखत

उक्त अटोका चालक भरतपुर ११ लामाटोल बस्‍ने करिब ५०-५१ को प्रदीपकुमार लामा र सोही अटोमा सवार हाल नामथर वतन नखुलेको ५०-५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

भरतपुरमा हावाहुरीले रुख ढलाउँदा च्यापिएर ३ जनाको मृत्यु

भरतपुरमा दुई छुट्टाछुट्टै स्थानमा हावाहुरी रुख ढलाउँदा च्यापिएर तीन जनाको मृत्यु भएको छ। शुक्रबार साँझ चलेको हावाहुरीले रुख ढलाउँदा भरतपुर ११ र १ मा च्यापिएर तीन जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

सौन्दर्य प्रतियोगी बलात्कारसम्बन्धी घटनाको छानबिन गर्न एसएसपी नेतृत्वको समिति गठन

सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारसम्बन्धी घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरको नेतृत्वमा समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

हत्या आरोपी १३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

पीडितले न्याय नपाएसम्म आरोपित संस्थालाई राष्ट्रिय मोडलिङ संघले निलम्बन गर्ने

सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको भन्दै सार्वजनिक भएको घटनाप्रति नेपाल राष्ट्रिय मोडलिङ संघले विज्ञप्ति जारी गरेर गम्भीर भर्त्सना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

जबरजस्ती करणीको हदम्यादबारे बोलिन् प्रधानमन्त्रीपत्नी आरजु

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत संसद्समक्ष अनुरोध गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

अमेरिकी डलर र कौडासहित छ जना पक्राउ

पक्राउ परेकासँग प्रहरीले नेपाली ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

१६ वर्षीया किशोरी बलात्कार प्रकरणमा के गर्दैछ प्रहरी?

सर्वत्र प्रश्न उठिरहेको छ– ‘बालेन शाहको चुनावी हारजितलाई लिएर खसीको बाजी राख्ने युवकलाई तत्काल समात्ने प्रहरी बलात्कारजस्तो जघन्य अपराधको घटना बाहिर आउँदा पनि किन चुप लागेर बसिरहेको छ? हामीले पनि...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

बलात्कार आरोपितमाथि अनुसन्धान गर्न गगन थापाको माग

'हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो। म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,' थापाले भने, 'सभामुख महोदय,...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

कञ्चनपुरमा दुई मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

काठमाडौंमा बिहानै वर्षा, आज कस्तो रहला देशभरको मौसम?

शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

नेपाल शिक्षक संघठन, सत्यवतीका अध्यक्ष प्रकाश भट्टराई र शिक्षक नीलकण्ठ बस्यालले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

यौनहिंसामा जोडिएपछि माल्भिकाले लेखिन्- म आफैंलाई माफ गर्न सक्दिनँ

मौनता, मुर्खता वा अनभिज्ञताले गलतलाई कसरी बढावा दिँदो रहेछ भनेर मैले अप्ठ्यारो विधिबाट सिकेँ। र यस पटक मैले मौन हुनको साटो पीडितका पक्षमा आवाज उठाउने निर्णय लिएकी छु।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

दुई वर्षपछि काभ्रेमा चण्डेश्वरी जात्राको रौनक

नेवार समुदायले मनाउने यस जात्राको अवसरमा मेला पनि लाग्ने गर्छ। काठमाडौं र बनेपा आसपासका खुद्रा व्यापारीहरु व्यापारका लागि आउने गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९

झापामा सुनसहित एक जना पक्राउ

पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ५, २०७९