शुक्रबार, असार ५, २०८३

भरतपुरमा विद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेल सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चिवतनले जानकारी दिएको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९
National life
Shivam cement

चितवन- चितवनको भरतपुर महानगरपालिका-१० मा विद्युत सट भई आगलागी हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेल सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चिवतनले जानकारी दिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीमा परी भरतपुर-७ का ३१ वर्षीय तरुण थापा घाइते भएका छन्।

घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको बाहिरपट्टि झुण्ड्याएर राखिएको बोर्ड झिक्ने क्रममा विद्युत सट भएको थियो। आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: May 22, 2022| 15:29 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।