शनिबार, कात्तिक ७, २०८३

मेसीलाई पितृ शोक, ६८ वर्षीय पिताको निधन

 |  शनिबार, साउन २३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०८३

काठमाडौं। अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरूले उल्लेख गरेका छन्।

जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ। मैदानमा मेसीका सुरुआती दिनदेखि नै उनले छोराको साथ दिँदै आएका थिए। मेसी विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्ने यात्रामा अघि बढ्दा जर्ज उनको निरन्तर साथमा थिए।

उनले मेसीका तर्फबाट क्लब तथा व्यावसायिक कम्पनीहरूसँग सम्झौता र वार्ता गर्दै आएका थिए। मेसीको खेल करिअरसँगै उनको व्यावसायिक गतिविधिको संरचना निर्माणमा पनि पिताको महत्वपूर्ण भूमिका रहेको थियो।

पछिल्ला केही वर्षमा होर्खेको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो। पछिल्लो विश्वकपका क्रममा मेसीले आफू कठिन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेको संकेतसमेत गरेका थिए। छोराको खेल जीवनदेखि व्यावसायिक यात्रासम्म निरन्तर साथ दिएका पिताको निधनलाई मेस्सी परिवारका लागि ठूलो व्यक्तिगत क्षतिका रूपमा लिइएको छ।

प्रकाशित: Aug 08, 2026| 18:21 शनिबार, साउन २३, २०८३
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।