वीरगन्ज- बाराको सिम्रौनगढ नगरपालिकामा दुई पक्षबीच झडप हुँदा सात जना घाइते भएका छन्। निर्वाचित लोसपाका समथर्क र पराजित कांग्रेसका समर्थकबीच झडप भएको प्रहरीले जनाएको छ।
नगरपालिकामा निर्वाचित लोसपाका जनप्रतिनिधि र समर्थकहरूले शनिबार साँझ विजय जुलुस निकालेका थिए। नगर परिक्रमा गर्ने क्रममा लोसपा र कांग्रेसका समर्थकबीच झडप भएको प्रहरीको भनाइ छ।
सिम्रौनगढ नगरपालिका १० टेटामा भएको झडपमा दुवै पक्षका सात जना घाइते भएका हुन्। विजय जुलुसमा प्रयोग गरिएका ५ वटा मोटरसाइकल र एउटा जिपमा तोडफोड भएको छ।
घाइते हुनेमा स्थानीय सरोज कुमार यादव, सुनिल कुमार यादव, कृष्ण कुमार यादव, मिथुन पासवान, राजन साहलगायत छन्।
घाइतेहरूको सिम्रौनगढ नगरअस्पताल र कलैया स्थित प्रादेशिपक अस्पतालमा उपचार भइरहेको छ।