शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्की युवतीले पनि सार्वजनिक गरिन् सात वर्षअघिको बलात्कार घटना

अर्की युवतीले पनि सार्वजनिक गरिन् सात वर्षअघिको बलात्कार घटना

गएको बुधबार साँझ एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै भिडियो सार्वजनिक गरेसँगै त्यस्तै प्रकृतिका अन्य घटना पनि सार्वजनिक हुन थालेका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं– गएको बुधबार साँझ एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै भिडियो सार्वजनिक गरेसँगै त्यस्तै प्रकृतिका अन्य घटना पनि सार्वजनिक हुन थालेका छन्। 

National life

इटहरीमा एक युवतीले ७ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेकी छन्। युवतीले ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको कक्षा ९ मा पढ्दा आफूलाई सोही विद्यालयका प्रधानाध्यापकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी हुन्। 

फेसबुकमा पोस्ट गर्दै उनले प्रधानाध्यापक राज खड्काले आफूमाथि पटकपटक बलात्कार गरेको बताएकी छन्। पछिल्लो समय सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीले आफूमाथि भएको बलात्कारको घटनाबारे बोलेसँगै आफूले पनि हिम्मत गरेर घटना सार्वजनिक गरेको उनले बताएकी छन्।  

युवतीले आफू स्कुलको होस्टलमा बसेर अध्ययन गरिरहेको र त्यतिबेला आफ्नो छातीको समस्या भएको समेत उल्लेख गरेकी छन्। उनले भनेकी छन्, ‘छातीको समस्या भएकोले बुबाले उसको खातामा उपचारको लागि भनेर पैसा पठाइदिनु भएको थियो। उपचार गर्न अस्पताल लैजानुको साटो मलाई उसले सिधै होटलमा लग्यो। उसले मलाई खाना प्रस्ताव गर्यो तर मैले अस्वीकार गरेँ। म डराएको र पसिना बगिरहेको बेला उसले मलाई यता आऊ गर्मी हुँदैन भन्दै कोठामा पुर्यायो। त्यतिबेला म १५ वर्षको थिएँ। उसले कोठामा ताला लगायो र मलाई खाना खान भन्यो, मैले अस्वीकार गरें। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो’

आफ्नै भिडियो देखाउँदै ब्ल्याकमेल गरेर ती प्रधानाध्यापकले बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, होस्टल रुम लगायतका ठाउँमा बलात्कार गरेको युवतीले उल्लेख गरेकी छन्।

Shivam cement

युवतीले विद्यालय बिदाको दिनमा पनि आफूलाई प्रधानाध्यापकले घर जान नदिएर बलात्कार गरेको बताएकी छन्।  

आफूले एसएलसी दिएर उक्त विद्यालयबाट बाहिरिएपछि घटनाबारे परिवारलाई भनेको र घटना कानुनी प्रक्रियामा गए पनि प्रधानाध्यापकलाई अझैसम्म कुनै सजाय नभएको युवतीले स्पष्ट पारेकी छन्। 

घटना सार्वजनिक गर्ने ती युवतीका अनुसार आरोपी प्रधानाध्यापक अझै पनि एक विद्यालयको प्रधानाध्यापक नै रहेर काम गरिरहेको पाइएको छ।

प्रकाशित: May 22, 2022| 14:42 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।