सोमबार, साउन २५, २०८३

चट्याङ लागेर एकको मृत्यु, तीन गम्भीर घाइते

ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

बागलुङ- ढोरपाटन नगरपालिका–७ गाल्ढुङका कालीप्रसाद विक र पुण्यराम कामीको घरमा आज दिउँसो चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। 

चट्याङ लागेर गम्भीर घाइते हुनुभएका कालीप्रसाद विकका छोरा १९ वर्षीय बालचन्द्रको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

चट्याङ लागेर सोही ठाउँका जेने विकका १६ वर्षीय छोरा बिटु विक, डल्ले विककी छोरी १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी गम्भीर घाइते भएका छन्। घाइते तीनै जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

प्रकाशित: May 22, 2022| 22:35 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।