शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम?

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको छ। बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको बुलेटिनमा दिउँसो देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको पनि सम्भावना रहेको उल्लेख छ। देशका अन्य प्रदेशका केही स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही  देशका  बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले सोमबार प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ हावा हुरीसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश नम्बर १, मधेस प्रदेश, लुम्बिनी प्रदेशका केही  स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Shivam cement

प्रकाशित: May 22, 2022| 07:17 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।