शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सौन्दर्य प्रतियोगिता गराएर बलात्कार गरेको आरोपमा आयोजक पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगिता गराएर बलात्कार गरेको आरोपमा आयोजक पाण्डे पक्राउ

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन्।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

काठमाडौं- सौन्दर्य प्रतियोगिता आयोजना गरी प्रतियोगीमाथि बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन्। 

National life

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयंभूबाट पक्राउ गरेको हो।

८ वर्षअघि सौन्दर्य प्रतियोगिता गरी उनले होटलमा बोलाएर बलात्कार गरेको एक युवतीले आरोप लगाएकी छन्। हालै उनले विभिन्न भिडियो क्लिप सार्वजनिक गर्दै  पाण्डेमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्। आफूमाथि  ६ महिनासम्म पाण्डेले यौन शोषण गरेको उनको आरोप छ। 

यो विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसपछि नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रवेश गराएका थिए। यसपछि सभामुख अग्नि सापकोटाले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका थिए। 

प्रकाशित: May 21, 2022| 18:10 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।