शुक्रबार, असार ५, २०८३

पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

बाग्‍लुङ- पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।

National life

ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ।

ऐँसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ, भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।  

उनीहरुले खाएको पलम र ऐँसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेको धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा. कृति कँडेलले जानकारी दिए।

प्रकाशित: May 22, 2022| 16:19 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।