सोमबार, साउन २५, २०८३

चुनाव सकेर घर फर्किए म्यादी प्रहरी

चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो। ४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

काठमाडौं- आज देशभरका म्यादी प्रहरी बिदा भएका छन्। शुक्रबारदेखि नै उनीहरुलाई बिदा गर्न थालिएको हो।  प्रहरी प्रवक्ता विष्णुकुमार केसीले शनिबार सबैजना बिदा भइसक्ने जानकारी दिए। 

उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गरिएको थियो। ४० दिनका लागि भर्ना भएका म्यादी अवधि सकिएसँगै मतदान सकिएको ८ दिनपछि अधिकांश स्थानको मतपरिणाम सार्वजनिक भएपछि बिदा भएका हुन्। 

चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो। ४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो।

केही स्थानमा मतदान र केही स्थानको मतगणना बाँकी रहे पनि अब अन्य सुरक्षाकर्मी मात्रै खटाइने छ। म्यादी प्रहरी घर फर्किएका छन् भने नेपाली सेना पनि ब्यारेक फर्किएको छ। 

४० दिन काम गर्दा म्यादी प्रहरीले जवानसरह सेवा सुविधा पाएका थिए। यसबीचमा ५ जना म्यादी प्रहरीको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएको प्रहरी प्रवक्ता केसीले बताए। 

ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको हो। सिन्धुपाल्चोककै एक म्यादी प्रहरीले भने विष सेवन गरेर आत्महत्या गरेको थिए। 

चुनावमा खटिने क्रममा ज्यान गुमाउने म्यादी प्रहरीका परिवारलाई पनि २० लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ।

प्रकाशित: May 21, 2022| 17:57 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।