शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मकवानपुरमा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

मकवानपुरमा भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

हेटौंडातर्फबाट काठमाडौं आइरहेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

काठमाडौं- मकवानपुरमा शनिबार साँझ भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

National life

 हेटौंडातर्फबाट काठमाडौं आइरहेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो। उनीहरूको अहिलेसम्म पहिचानको नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: May 21, 2022| 20:54 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।