शुक्रबार, असार ५, २०८३

ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

धनगढी- कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।

National life

दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका-१ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

स्कुटरमा सवार लम्कीचुहा-७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ट्याक्टर चालक गौरीगंगा-७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 22, 2022| 10:27 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।