शुक्रबार, असार ५, २०८३

पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न आग्रह

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो।

National life

विज्ञप्तिमा भनिएको छ, 'सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानूनबमोजिमको कारवाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ।'  

आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागिसमेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। यौन अपराध, बलात्कार जस्तो जघन्य हिंसाप्रति आयोगको धारणा शून्य सहनशीलता रहेको छ भने यस घटनाका सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर नेपाल सरकारबाट छानविन समिति गठन भइसकेको छ।

आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको र गठित समितिले सो सम्बन्धमा निष्पक्ष छानविन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि आयोगले आग्रह गरेको छ।

प्रकाशित: May 22, 2022| 23:20 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।