शुक्रबार, असार ५, २०८३

डोल्पामा जेठ ११ गतेदेखि यार्सा संकलन खुला गरिने

कोभिड-१९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा संकलन गर्न नपाएको जनाउँदै यस पटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

जाजरकोट- डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ।

National life

शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म संकलन गर्न पाउने निर्णय गरेको हो। स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन्।

कोभिड-१९ संक्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा संकलन गर्न नपाएको जनाउँदै यस पटक विभिन्न तयारीका साथ करिब एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो।

यार्सा संकलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियमावलीअनुसार फरक–फरक प्रवेश शुल्क लाग्ने छ।

यार्सागुम्बा संकलनकर्ताहरूका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ। यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकताअनुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने जनाएको छ।

Shivam cement

यार्सागुम्बा संकलन अवधिमा यार्सा संकलनबाहेक अन्य गैर कानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वनजङ्गल संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ।

यस्तै यार्सागुम्बा संकलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वयमा निःशुल्क स्वास्थ्य शिविर राख्ने, पाटनमा हुने फोहरमैला व्यवस्थापनका लागि यार्सागुम्बा संकलनकर्तालाई नाकामा अभिमुखीकरण गर्ने जनाइएको छ।  रासस

प्रकाशित: May 22, 2022| 11:16 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।