शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गलत मतपरिणाम सार्वजनिक गरेको भन्दै विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार

गलत मतपरिणाम सार्वजनिक गरेको भन्दै विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार

नगरपालिकामा कर्मचारीले मतपरिणाम सार्वजनिक गर्दा पटक-पटक त्रुटि गरेको भन्दै आक्रोशित उम्मेदवारका समर्थक ढुंगामुढामा उत्रिएका हुन्।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

रौतहट- रौतहटको गुजरा नगरपालिकामा गलत मतपरिणाम सार्वजनिक गरेको भन्दै सुरु भएको विवाद बढ्दै गएपछि तनाव सुरु भएको छ। नगरपालिकामा कर्मचारीले मतपरिणाम सार्वजनिक गर्दा पटक-पटक त्रुटि गरेको भन्दै आक्रोशित उम्मेदवारका समर्थक ढुंगामुढामा उत्रिएका हुन्। 

National life

मतपरिणामको विषयलाई लिएर विवाद बढेपछि स्थानीयले मतगणनास्थलको गेट तोडफोडको प्रयास गरेका हुन्। उम्मेदवारका समर्थकहरुले ढुंगामुढा गर्दै भित्र प्रवेश गर्न खोज्दा तनाव सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ। 

नगरप्रमुख पदका उम्मेदवार जसपाका शन्तलाल चौधरीको छाता छाप र वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार शेख जमालुद्दिनले पाएको मत परिणाम गलत सुनाएपछि विवाद बढेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरीको थप मद्दत टोलीसमेत त्यस क्षेत्रमा पुगेको छ। अहिले मतदानस्थल बाहिरको अवस्था तनावपूर्ण छ। मतपरिणाम नै गलत सुनाएपछि मतगणना दिउँसोबाट रोकिएको छ । अन्तिम चरणमा पुगेको मतगणना निर्वाचन अधिकृत बद्रीनारायण शर्माका कारणले रोकिएको मतगणनामा खटिएका एक कर्मचारी बताउँछन् ।

मतपरिणाम गलत आउन थालेपछि मतगणनास्थल बाहिर बसेका उम्मेदवारका समर्थकले नाराबाजी गरेका थिए। त्यसपछि ढुंगामुढा गर्दै मतगणनास्थलको मुख्य ढोका फोरेर भित्र प्रवेश गर्न लागेका हुन् ।

Shivam cement

अहिले कांग्रेस, एमाले र एकीकृत समाजवादीलगायत दलले पुन: मतगणनाको माग अघि सारेका छन् ।

प्रकाशित: May 21, 2022| 19:50 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।