यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ। कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका अनुसार हालसम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २६ हिमालको सफल आरोहण गरिसकेका आरोही लालबहादुर जिरेलले नेकपा (एकीकृत समाजवादी) को चुनाव चिह्न कलम अङ्कित झण्डा किर्गिस्तानको लेनिन पिकमा फहराउने भएका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन्।
काठमाडौंको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा...
मेयर चलाउने शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए। उक्त घटनाका विषयमा हालसम्म ७ जना पक्राउ परेका छन्।
अन्तरिक्षमा जस्तो वातावरण हुन्छ, त्यस्तै वातावरणमा बसेर उनले उक्त अनुसन्धान गरेकी हुन्। लुनारेसको फेसबुक पेजमा २५ मे देखि ११ जुन २०२२ सम्मको मिसनमा उनी एनालग एस्ट्रोनटका रुपमा बसेको उल्लेख छ।
वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी विश्व पोखरेल आईजीपी हुनलायक नरहेको भन्दै सर्वोच्चमा बहस गरेका छन्। आइतबार सर्वोच्च अदालतमा बहसका क्रममा उनले पोखरेल गैरजिम्मेवार र व्यक्तिकेन्द्रित भएकाले आईजीपी हुन योग्य नगरेको...