मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन्। 

National life

मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा मंगलबार भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुवै साधन एकापसमा ठोक्किए दुर्घटना हुँदा स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका–५ घर भई हाल काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगरको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको उनले जानकारी दिए। प्रत्यक्षदर्शी बलराम श्रेष्ठले तीव्र गतिमा आएको बसले ठक्कर दिएर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार महिलाको घटनास्थलमै मृत्यु भएको र टाउकोमा ठूलो क्षति पुगेको बताए।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी प्रहरीले दुवै सवारी साधन र बस चालक काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ नारायणस्थान बस्ने ५० वर्षीय पोते तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए।

प्रकाशित: Jul 05, 2022| 19:42 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।