मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ।
अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।
गंगाजमुना गाउँपालिका-६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्री श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएकी छन्। उनको शनिबार घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार विसं २०६९ देखि २०७८ सम्म चट्याङबाट ९५२ जनाको ज्यान गएको थियो। यस वर्षमात्रै ३८ जनाको ज्यान गएको छ। त्यो विवरणसमेत जोड्दा...
चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी...
शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए।
द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको...
ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन्।
निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन्।