मंगलबार, जेठ ५, २०८३

देवीले चुरोट तानेको तस्बिरले भारतलाई तनाव

देवी कालीको रुपमा एक महिलाले चुरोट खाँदै गरेको फिल्मको तस्बिर सार्वजनिक भएपछि भारतले विरोध जनाएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– देवी कालीको रुपमा एक महिलाले चुरोट खाँदै गरेको फिल्मको तस्बिर सार्वजनिक भएपछि भारतले विरोध जनाएको छ। क्यानडाको टोरन्टोस्थित अघा खान म्युजियममा ‘अन्डर दी टेन्ट’ प्रोजेक्ट अन्तर्गत एक फिल्मको तस्बिरमा देवी कालीलाई चुरोट तान्दै गरेको रुपमा प्रस्तुत गरिएपछि क्यानडास्थित भारतीय राजदूतावासले विरोध जनाएको हो।

National life

विज्ञप्ति जारी गर्दै दूतावासले यस विषयमा क्यानडा सरकार र आयोजकलाई अवगत गराइसकेको जनाएको छ। दूतावासले उक्त विवादित तस्बिर हटाउन माग समेत गरेको छ। तस्बिर सार्वजनिक भएपछि क्यानडास्थित दूतावासले आधिकारिक रुपमा विरोध जनाउनुअघि नै भारतका विरोध प्रदर्शन भएको थियो। उनीहरुले सो तस्बिरले धार्मिक भावना आहत भएको बताएका छन्।

लिना मनिमेकलाईले ट्विटमा सो तस्बिर सार्वजनिक गरेकी थिइन्। उनले ‘रिदम्स अफ क्यान्डा’ अन्तर्गत आफूले सो फिल्म बनाएको बताएकी छिन्। लिना हाल क्यानडामा अध्ययनरत छिन्। उनले कालीलाई जुन रुपमा देखाइएको छ, त्यो ‘मानवताको स्वरुप भएको र विविधताको सम्मान गर्ने खालको भएको’ दाबी गरेकी छिन्। उनले आफ्नो स्वतन्त्र रुपमा काली देख्ने समेत बताएकी छिन्।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता बिनीत योगनले देवीलाई यसरी देखाउँदा भारतीयको भावनामा ठेस पुगेको प्रतिक्रिया दिएका छन्। भारतमा सो तस्बिरलाई लिएर लिलाविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता भएको छ।

लिनाले यसअघि सन् २००७ मा पनि आफ्नो डकुमेन्ट्री फिल्ममा पनि देवीहरुलाई प्रस्तुत गरेकी थिइन्। त्यसपछि सन् २०१९ मा ‘मादाती एन अन्फेयरी टेल’मा पनि उनले एक दलित युवतीलाई देवीको रुपमा पूजा गर्ने कथा पेस गरेकी थिइन्।

प्रकाशित: Jul 05, 2022| 11:15 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।