मंगलबार, जेठ ५, २०८३

दुबईबाट आएका सुमनको लगेजमा कसरी छिर्‍यो सुन?

दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने कपडाको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएका छन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने कपडाको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएका छन्। सोमबार बिहान करिब ११ बजे दुबईबाट काठमाडौं आएका सुमन दमाईको लगेज जाँच गर्ने क्रममा सुन भेटिएको हो।

National life

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेजमा नाबालकले लगाउने ५ थान सिंगल पिस पोशाकको टाँकभित्र ६० वटा सुनका रिङ भेटिएको हो।

भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएको छ। बरामद सुनको तौल करिब १२५ ग्राम रहेको छ।

पक्राउ परेका सुमन भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्किएको बताइएको छ। दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले बच्चाका लागि उपहारस्वरुप ती कपडा नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेकोले बोकेर आएको बयान सुमनले दिएका छन्। 

भन्सार कार्यालयले बारम्बार विदेशबाट नेपाल आउने यात्रुहरुलाई अरुको सामान नल्याउन आग्रह गर्दै आएको छ।

प्रकाशित: Jul 04, 2022| 17:25 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।