मंगलबार, जेठ ५, २०८३

तेह्रथुम जिल्ला 'ढाकाको राजधानी' घोषित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई 'ढाकाको राजधानी' घोषणा गरिएको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

तेह्रथुम- तेह्रथुम जिल्ला 'ढाकाको राजधानी' घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई 'ढाकाको राजधानी' घोषणा गरिएको हो।

National life

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो।

'तेह्रथुमे ढाका'को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो। ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार-प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरे। म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो। 

जिल्लामा उत्पादित ढाका कपडाको प्रवर्द्धन गरी ढाका उद्योगको विकास गर्न, घर–घरसम्म ढाका बुन्ने संस्कृतिको विस्तार गर्न र यहाँ उत्पादन हुने ढाका कपडाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यका साथ जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए।

स्थानीय सरकारले ढाका कपडा उत्पादन कार्यलाई प्रवर्द्धन गर्न विगतका वर्षहरूबाटै ढाका बुनाइ तालिम तथा सहयोग सञ्चालन गर्दै आएको उनले जानकारी दिए।   -रासस


प्रकाशित: Jul 05, 2022| 07:58 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।