मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामूहिक बलात्कारमा परेको भोलिपल्ट किशोरीको शव घरमै झुण्डिएको अवस्थामा भेटियो

सामूहिक बलात्कारमा परेको भोलिपल्ट किशोरीको शव घरमै झुण्डिएको अवस्थामा भेटियो

सिरहामा सामूहिक बलात्कारको शिकार बनेकी एक किशोरीको शव झुण्डिएको अवस्थामा भेटिएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

National life

काठमाडौं– सिरहामा सामूहिक बलात्कारको शिकार बनेकी एक किशोरीको शव झुण्डिएको अवस्थामा भेटिएको छ। सिरहाको मिर्चैया नगरपालिका–१ मलहनियाकी करिब १५ वर्षीया पवित्री सदाको शव मंंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो अभिभावक घरमा नभएको अवस्थामा दुई युवकले फकाएर घर नजिकैको बारीमा लगेर उनको बलात्कार गरेका थिए। छिमेकीका अनुसार किशोरीले स्थानीय सतिश रजक र नाम नखुलेका अर्का युवकले बलात्कार गरेको सुनाएकी थिइन्। त्यसको भोलिपल्टै आज बिहान उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो।

जिल्ला  प्रहरी कार्यालय सिरहाका अनुसार घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटना शंकास्पद रहेकाले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले बताएको छ।

प्रकाशित: Jul 05, 2022| 13:47 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।