मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीले विद्युतका पोल ढालेपछि उदयपुरका त्रियुगा र चौदण्डीगढी नगर क्षेत्र अन्धकार

बाढीले विद्युतका पोल ढालेपछि उदयपुरका त्रियुगा र चौदण्डीगढी नगर क्षेत्र अन्धकार

त्रियुगा-२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

उदयपुर- त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युतका पोल ढालेपछि ती नगर क्षेत्रसहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन्।     

National life

त्रियुगा-२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन्। 

भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक-पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मर्मत नभएको गुनासो गरे। 

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी-१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो। चौदण्डीगढी-२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, 'चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ। विद्युत् प्राधिकरणलाई पटक-पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ। तर, अहिलेसम्म बिजुली बलेको छैन।'

विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साह भन्छन्, 'बाढीले धेरै पोल ढालेर क्षति पुर्‍याएको छ। दिनरात थोरै जनशक्तिले खटेर तीव्ररूपमा काम गरिरहेका छौँ।'

विद्युत् नहुँदा ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन्।     


प्रकाशित: Jul 05, 2022| 10:36 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।