मंगलबार, जेठ ५, २०८३

तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको ज्यान गएको छ। नदीमा डुबेर थप एक जना बेपत्ता भएका छन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको ज्यान गएको छ। नदीमा डुबेर थप एक जना बेपत्ता भएका छन्।

National life

भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। शनि कुमार बेपत्ता भएका छन्। उनीहरू ६० जनाको समूहमा भारतबाट नेपाल घुम्न आएका थिए।

पाल्पाको दोभानस्थित प्रहरीका अनुसार आइतबार सिद्धबाबा मन्दिरको दर्शन गरी केही युवाहरू सिद्धबाबा नजिकैको झोलुङ्गे पुलमुनि पौडी खेल्न गएका थिए। 

तिनाउमा पौडी खेल्ने क्रममा नन्दकुमार र शनिलाई नदीले बगाएको थियो। बेपत्ता भएका शनिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 04, 2022| 13:43 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।