मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन महिनापछि 'बच्चा' जन्माउँदैछन् सरस्वतीकली र लक्ष्मीकली

तीन महिनापछि 'बच्चा' जन्माउँदैछन् सरस्वतीकली र लक्ष्मीकली

कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन्। वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन्। यी दुई हात्तीले तीन महिनापछि बच्चा जन्माउनेछन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

सुनसरी- कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन्। वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन्। 

National life

वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन्। आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन्। निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले जानकारी दिए। आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती छन। दुई हात्तीले ३ महिनापछि बच्चा पाउन लागेका हुन्। 

केही महिनाअघि कोशीटप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताए। जंगली हात्ती आउने र वन्यजन्तु आरक्षणमा नै भाले हात्ती भएकाले हात्ती गर्भिणी भएर सन्तान ब्रिडिङ गर्ने आरक्षणमा नै भएको बताए। 

प्रमुख खतिवडाले आरक्षणमा हात्तीको संख्या बढ्दै गएपनि माहुतेको दरबन्दी नभएको उनको गुनासो छ। सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षणलाई हात्तीको ब्रिडिङ सेन्टरको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ। खतिवडाले प्रदेश एकमा जंगली हात्तीको आक्रमणलाई रोक्नको लागि स्रोत साधनको कमी रहेको गुनासोसमेत गरे। 

आरक्षणमा ८ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन्। आरक्षणमा ७० वर्षकी अम्विकाकली जेठी हात्ती भएपनि उसले हालसम्म कुनै बच्चा जन्माएकी छैन। आरक्षणमा अम्विकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली र उत्तरीगञ्ज नाम गरेको भाले बच्चा हात्ती छन्। हात्तीले २४ महिनामा बच्चा जन्माउने गर्छ। 

प्रकाशित: Jul 05, 2022| 19:07 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।