इलाम- राफलको गोली देखाएर छिमेकीलाई धम्की दिएको आरोपमा एक व्यक्ति सोमबार बिहान पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलाम, सूर्योदय नगरपालिका-९ ढोडे बस्ने ३५ वर्षीय जीवन राई छन्।
उनलाई ७ राउन्ड राइफल गोलीसहित पक्राउ गरिएको हो। फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा ती गोली फेला पारेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।