मंगलबार, जेठ ५, २०८३

देशभर विभिन्न स्थानमा सात जना मृत फेला

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी सात जना मृत फेला परेका छन्। काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी सात जना मृत फेला परेका छन्। काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

National life

प्रहरीको बुलेटिनअनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

यस्तै बुढानिलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन्। 

उता धादिङको थाक्रे गाउँपालिका–८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन्। त्यसैगरी दार्चुलाको लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका–२ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन्। 

सर्लाहीको मलगंवा नगरपालिका–३ बस्ने ३५ वर्षीय विजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी बागमती नगरपालिका–९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका–८ ठकुरी टोल बस्ने ४० वर्षीय टक बहादुर ठकुरी मृत अवस्थामा फेला परेका छन्। 

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ सागरनाथ जंगलमा हाल पहिचान नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ। सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Jul 05, 2022| 14:40 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।