मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालक अपहरण गरेर लुकेकी महिला पक्राउ, १५ दिनपछि बालकको उद्धार

बालक अपहरण गरेर लुकेकी महिला पक्राउ, १५ दिनपछि बालकको उद्धार

बालक अपहरण गरेर लुकेकी महिला पक्राउ परेकी छन्। १५ दिनअघि जनकपुरबाट तीन वर्षीय बालक अपहरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेकी हुन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

जनकपुर- बालक अपहरण गरेर लुकेकी महिला पक्राउ परेकी छन्। १५ दिनअघि जनकपुरबाट तीन वर्षीय बालक अपहरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेकी हुन्। 

National life

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन्। खातुनलाई बालकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो।

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीका तीन वर्षीय छोरा सोहन चौधरीलाई जनकपुरबाट अपहरणमा परेका थिए। दुई सातापछि प्रहरीले बालकलाई पनि सकुशल उद्धार गरेको हो। 

आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन्। विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए। एक महिलाले बालक लगेको स्थानीयवासीले भने पनि ती महिलाको परिचय खुलेको थिएन।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले बताए।


प्रकाशित: Jul 05, 2022| 20:23 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।