मंगलबार, साउन १९, २०८३

पेस्तोलसहित सर्लाहीमा एक जना व्यापारी पक्राउ

पेस्तोल र गोलीसहित हरिवन-११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

सर्लाही- सर्लाहीको हरिवन नगरपालिका–११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ। पेस्तोल र गोलीसहित हरिवन-११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ।

दासले हरिवन बजारमा सञ्चालन गरेको किराना पसलमा लुकाइछिपाइ राखेको अवस्थामा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरिएको ताम्रकारले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।

प्रकाशित: Jul 06, 2022| 07:05 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।