मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

National life

काठमाडौं– रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका २४ मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुनापति–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक महिला छन्। तीन जनाको पहिचान खुलेको छैन।

घाइते २० जनाको धुलिखेल अस्पताल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो। दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

प्रकाशित: Jul 05, 2022| 13:55 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।