मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो [नामसहित]

रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो [नामसहित]

रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको पहिचान खुलेको छ। घटनास्थलमै मृत्यु भएका ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएका ४ मध्ये तीन जनाको पहिचान खुलेको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको पहिचान खुलेको छ। घटनास्थलमै मृत्यु भएका ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएका ४ मध्ये तीन जनाको पहिचान खुलेको हो। 

National life

रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षीय ठूला तामाङ, सोही वडाका ३६ वर्षीय खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ वर्षीय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदीप बजगाईं, सुनापति गाउँपालिका–५ कै २२ वर्षिया विपना तामाङ छन्। 

यस्तै काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का ३६ वर्षीया सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० वर्षीय तुलबहादुर विकको पनि मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि मृत्यु भएको छ। अस्पतालमा निधन हुनेमा सुनापति गाउँपालिका–५ का ४५ वर्षीय रामबहादु श्रेष्ठ, सोही वडाका २४ वर्षीय वृद्ध तामाङ र वर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ। अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी २१ जना घाइते छन्। घाइते २० जनाको धुलिखेल अस्पताल र १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ। 

रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो। 

ब्रेक फेल भएपछि केही गर्नै सकिनँ : चालक

दुर्घटनामा परेको बस चालकले ब्रेक फेल भएपछि दुर्घटना भएको बताएका छन्। प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा उनले दुर्घटनाको कारण ब्रेक फेल भएको बताएका हुन्। 

चालक दोलखाका प्रेमबहादुर घतानी अहिले प्रहरी नियन्त्रणमा छन्। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएको प्रहरीको भनाइ छ। ‘ब्रेक फेल भएपछि मैले केही गर्नै सकिनँ,’ चालकको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ। बसको स्थिति हेरेपछि प्रहरीले पनि ब्रेक फेल भएरै दुर्घटना भएको अनुमान गरेको छ।

प्रकाशित: Jul 05, 2022| 15:45 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।