धनगढी- डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का भालुको आक्रमणबाट घाइते भएका हुन्।
घर नजिकै छोरेपानी भन्ने स्थानमा उनलाई भालुले आक्रमण गरेको हो।
भालुको आक्रमणबाट खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार उनको टाउँको, नाक र कानमा गहिरो चोट लागेको छ।
भट्टका अनुसार जिल्ला अस्पताल डोटीमा उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।