गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले वडा–४ कुरिनटारमा २०७७ देखि २५ शय्याको अस्पताल बनाउन थालेको थियो। तर अहिले जग्गामा विवाद भएपछि अस्पताल भवन निर्माण रोकिएको हो।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। तयारी पूरा नभएको बैठक स्थगित गरिएको पार्टीका नेता मनिष मिश्रले जानकारी दिए।
नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ।
माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको थियो।
आर्थिक वर्ष २०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो। उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ।
कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु-याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको...