आइतबार, जेठ ३, २०८३

४० लाखले अवलोकन गरे शाश्वतधाम

सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

नवलपुर- देशकै उत्कृष्ट पर्यटन गन्तब्यको रुपमा विकास भईरहेको नवलपुरको दुम्कौली स्थित शाश्वतधाममा ४२ लाख स्वेदेशी एवं विदेशी पर्यटक तथा तिर्थयात्रीले अवलोकन गरेका छन्। सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन्।

National life

नेपाल सरकारले सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन्।

पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि नेपाल आउने भारतीय धर्मावलम्वीहरुको अर्को मुख्य गन्तब्यको रुपमा पछिल्लो समय शाश्वतधाम रोजाईमा पर्ने गरको छ। ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध र जयन धर्मवालम्बीहरु दर्शनका लागि विशेष रुपमा शाश्वतधाम आउछन्।

नेपालमै नौलो र फरक शैलीको यो मन्दिर र यससंगै रहेको पार्क सबैका लागि मुख्य आर्कषण रहेको छ। मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ। साँझ, बिहान तलाउमा पानीको फहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ। साउने सोमबार पारेर दर्शन गर्न आएकी पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्छिन ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ।’

नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी ग्रुपको नमुना औधोगिक ग्राम छ। त्यसको पश्चिमतर्फ महेन्द्रराजमार्गसंगै जोडिएको ७ बिगाह क्षेत्रफलमा यो मन्दिर फैलिएको छ। अर्बपति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउण्डेसनले गरेको हो।

धाममा के छ?

वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो। चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ। एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ। पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्।

हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो। धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्नेहरुले रोमाञ्चक अनुभूति गर्न सक्दछन्। यहाँ संस्कृत विद्यालय पनि स्थापना गरिएको छ। शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ। बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय समेत यसै परिसर भित्र छ।

आयआर्जन तथा रोजगारको अवसर

शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभइ स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ। मन्दिरलाई नै आधार मानेर झण्डै १ सय ५० होटल तथा रेस्टुरा संञ्चालनमा छन्। उनीहरुले धाममा आउने पर्यटकहरुलाई लक्षित गरि व्यापार गर्न पाएका छन।

धामकै छेउमा चिया बेचेर मासिक तीस हजारसम्म आम्दानी गरेको स्थानीय सिर्जना विष्ट बताउछिन्। ‘चिया राम्रो बिक्रि हुन्छ। धाममा यूवादेखि बृद्धहरुसम्म आउने गर्छन, चिया नै खोज्छन’ सिर्जनाले बताइन्। सिर्जना मात्र होइन उनी जस्ता धेरैले धाममा आउने पर्यटकहरु लक्षित गरि राम्रो व्यवसाय गरेका छन।

प्रकाशित: Aug 10, 2022| 08:21 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।