शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनैपूर्णिमामा काभ्रेको तेमालमा दुई दिन सार्वजनिक बिदा

जनैपूर्णिमामा काभ्रेको तेमालमा दुई दिन सार्वजनिक बिदा

काभ्रेपलाञ्‍चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक संघ/संस्था र स्वास्थ्य संस्था बन्द हुने छन्।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काभ्रे- काभ्रेपलाञ्‍चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक संघ/संस्था र स्वास्थ्य संस्था बन्द हुने छन्।

गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा हरेक जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नारायणथान जात्राको रुपमा समेत परिचित सो जात्रा मनाउन तेमाललगायत आसपासका क्षेत्रका बासिन्दाको समेत सहभागिता रहँदै आएको छ। 

परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए। 'जनैपूर्णिमाको अवसरमा नारायणस्थान मन्दिरमा धार्मिक अनुष्ठानसमेत हुने भएकाले बिदा दिने निर्णय गरेका हौँ,' उनले भने।

प्रकाशित: Aug 09, 2022| 23:45 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।