आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गा भाडा विवादमा नर्भिकले भन्यो– महानगरले क्षेत्राधिकार नाघ्यो

जग्गा भाडा विवादमा नर्भिकले भन्यो– महानगरले क्षेत्राधिकार नाघ्यो

थापाथलीस्थित नर्भिक अस्पतालले २४ घण्टाभित्र जग्गा छाड्न नसक्ने बताएको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– थापाथलीस्थित नर्भिक अस्पतालले २४ घण्टाभित्र जग्गा छाड्न नसक्ने बताएको छ। अस्पतालले भाडामा लिएको जग्गा २४ घण्टाभित्र खाली गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर जग्गा खाली नगर्ने बताएको हो। 

National life

महानगरले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्देशन दिएको र सम्झौता तोड्न तीन महिनाको समय हुनुपर्ने अस्पतालले बताएको छ। ‘जग्गा छाड्न निर्देशन दिन महानगरको क्षेत्राधिकारभित्र पर्दैन। सम्झौता नेपाल सरकारको तर्फबाट भूमि सुधार कार्यालयसँग भएको हो‚’ अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने‚ ‘उक्त सम्झौतामा तीन महिना समय दिएर सम्झौता तोड्न सक्ने भनिएको छ। प्रकिया अनुसार अघि बढे जग्गा छाड्न तयार छौं।’

अस्पताल र भूमि सुधार कार्यालयबीच २०६५ जेठ १ मा २० वर्षका लागि सम्झौता भएको अध्यक्ष सिंहले बताए। सम्झौतामा एक रोपनी आठ आना एक पैसा एक दाम क्षेत्रफलको जग्गाको भाडा वार्षिक ३७ हजार ९८९ रुपैयाँमा दिने उल्लेख छ।

उक्त जग्गामा सिटी स्क्यान‚ एमआरआई, अक्सिजनन प्लान्ट, खानेपानी र डायलासिस सप्लाइ, विद्युत वितरण प्यानल भएकाले २४ घण्टाभित्र छाड्न नसक्ने सिंहको भनाइ छ। उनले सम्झौता ठिक नभए नवीकरण गर्न र जग्गा सम्झौताअनुसार तीन महिनाको समय दिए जग्गा खाली गर्न सक्ने बताए।




प्रकाशित: Aug 09, 2022| 12:50 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।