आइतबार, जेठ ३, २०८३

ब्रिटिस रेडक्रसद्वारा सामग्री सहयोग

ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ।

National life

ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन सय- एक हजार तीन सय सेट छन्। ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले ती सामग्री नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई सोमबार हस्तान्तरण गरे।

सो अवसरमा ब्रिटिस रेडक्रसका नेपाल प्रमुख रेले विपद् तथा महामारीबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरणका लागि नेपाल रेडक्रसलाई आवश्यक सामग्री सहयोग गरिएको बताए।

उनले भने, ‘विपद् प्रतिकार्यका लागि सामूहिक प्रयास आवश्यक हुन्छ। समुदायको विपद् उत्थानशीलताका लागि क्षमता बढाउन ब्रिटिस रेडक्रसले नेपाल रेडक्रसलाई निरन्तर सहयोग गरिराखेको र आगामी दिनमा यस्ता सहयोग जारी रहने छ।’

नेपाल रेडक्रस कार्यकारी निर्देशक ढकालले ब्रिटिस रेडक्रसबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्री तत्कालै बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाउने जानकारी दिए। 

प्रकाशित: Aug 09, 2022| 11:38 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।