शनिबार, साउन १६, २०८३

काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार

अविरल वर्षासँगैको भेलले काठमाडौंको काँडाघारीस्थित बस्तीहरू डुवानमा परेको छ। मंगलबार राति परेको वर्षाले प्रहरी कार्यालयसँगै बस्ती डुवानमा परेको हो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- अविरल वर्षासँगैको भेलले काठमाडौंको काँडाघारीस्थित बस्तीहरू डुवानमा परेको छ। मंगलबार राति परेको वर्षाले प्रहरी कार्यालयसँगै बस्ती डुवानमा परेको हो।

ठूलो बाढी प्रहरी कार्यालयभित्र पसेको थियो। बाढीले प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बगाएको छ।

कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको प्रहरीको भनाइ छ। उक्त क्षेत्रमा बिजुलीसमेत अवरूद्ध भएको छ।

खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ।

हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसको उद्धार गरिएको छ। क्षेत्रबाट अहिलेसम्म १५ जनाको उद्धार गरिसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 10, 2022| 07:21 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।