आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

National life

मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से२प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका-१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो। गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोश मल्ल घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: Aug 10, 2022| 06:42 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।