शनिबार, साउन १६, २०८३

४ मंसिरको बन्दोबस्ती : प्रहरीले माग्यो ७५१ गाडी

निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको बताउँदै प्रहरीले उक्त संख्याका गाडी खरिदको प्रस्ताव गरेको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– नेपाल प्रहरीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि ७५१ वटा हलुका तथा ठूला सवारीसाधन खरिदको प्रस्ताव गरेको छ। निर्वाचन सुरक्षाका लागि सवारीसाधन पर्याप्त नभएको बताउँदै प्रहरीले उक्त संख्याका गाडी खरिदको प्रस्ताव गरेको हो।

प्रहरीको प्रस्तावअनुसार अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि फाइल पठाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। यसअघि ३० वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि प्रहरीले सवारीसाधन खरिदका लागि बजेट मागे पनि सरकारले बजेट दिएको थिएन। बरु भाडामा सवारीसाधन ल्याउन बजेट छुट्याएको थियो।

प्रहरी प्रधान कार्यालयले गृहमा बुझाएको विवरणअनुसार अहिले प्रहरीलाई १ हजार ५९८ मोटरसाइकल अभाव छ। साना सवारीसाधन मात्रै १३ सय ८४ अपुग छन्। ७५३ स्थानीय तहमा गरी प्रहरीसँग १५ सय २९ साना र १५४ ठूला सवारीसाधन रहेको तथ्यांक छ।

प्रकाशित: Aug 09, 2022| 13:33 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।