काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागिभन्दै प्रहरी प्रधान कार्यालयले गाडी खरिदको प्रस्ताव गरेको छ।
गाडी खरिदका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ। प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईका अनुसार गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ।
प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको हो। जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ।
बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरिएको कार्यालयले जनाएको छ।
निर्वाचन सुरक्षाका लागी खरिद प्रस्ताव गरिएको सो सवारी साधनको लागत साढे ३ अर्ब लाग्ने अनुमान छ। सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरिसकेको छ।