शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोटाङमा सम्बन्धविच्छेद गर्नेको संख्या दोब्बरले वृद्धि

खोटाङमा सम्बन्धविच्छेद गर्नेको संख्या दोब्बरले वृद्धि

एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

खोटाङ- जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ। एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९/८० का लागि जिम्मेवारी सरेको जनाइएको छ।

गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए। ‘आव २०७७/७८ मा ७० मुद्दा दर्ता भएको थियो’, उनले भने, ‘जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ।’

जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू–ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ।

मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताए। 

यसैबीच जिल्ला अदालत खोटाङमा गत आव २०७८/७९ मा विभिन्न शीर्षकमा तीन सय १९ मुद्दा दर्ता भएको छ। अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको एक सय २९ गरी चार सय ४८ मुद्दा हेरिएकामा दुई सय ६९ मुद्दा फछ्र्योट भएको छ भने एक सय ७९ मुद्दा आव २०७९÷८० का लागि जिम्मेवारी सारिएको छ। -रासस

प्रकाशित: Aug 10, 2022| 07:51 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।