आइतबार, जेठ ३, २०८३

जसले तीन वर्षे नाबालक छोराको हत्या गरेर जंगलमा फाले

निवेदन दर्ता गरेको एक सातापछि प्रहरीले डम्बरबहादुरलाई कोहलपुरबाट सोमबार पक्राउ गर्न सफल त भयो, तर नाबालकको ज्यान जोगाउन सकेन। किनकि पक्राउ पर्दासम्म डम्बर बहादुरले छोराको हत्या गरिसकेका थिए।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

बाँके- कृष्णाभन्दा पहिल्यै ब्युँझिएका थिए डम्बर। तर उज्यालो भइसक्दा समेत ओछ्यानमा सुतिरहेको छोरा चलमलाएको कृष्णाले थाहा पाइनन्। उठेर रोईकराई गर्नुपर्ने तीन वर्षे नाबालक छोरा शान्त देखिएपछि कृष्णाले घरधन्दा गरिरहिन्। त्यसपछि छोरा खोज्न ओछ्यानमा पुगेकी कृष्णाले छोरा देखिनन्। उनको मनमा चिसो पस्यो। हातखुट्टा लुला भए। 

National life

अत्तालिएर घर आसपास सबैतिर छोरा खोजिन्। परिवारका अरु सदस्यलाई बोलाइन्। चिच्याइन्। छोरा भेटिएन। छोरासँगै बाउ डम्बरबहादुर पनि भेटिएनन्। बाउछोरा सँगै छन् भन्ने थाहा भयो तर एकाबिहानै कहाँ गए ? कृष्णाको मनले शान्त बस्न दिएन। छिमेकी हुँदै गाउँभर हल्ला फैलियो। तर बाउछोरा भेटिएनन्। 

साउन १६ गते बिहान छोरालाई घरबाट उठाएर बेपत्ता भएका डम्बरबहादुर बोहोरा सम्पर्कमा नआएपछि परिवारले प्रहरी गुहार्यो। छोरालाई लिएर बोहोरा सम्पर्कविहीन भएको भन्दै आफन्तले खोजी गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय बाँसगढी बर्दियामा निवेदन हालेका थिए। 

निवेदन दर्ता गरेको एक सातापछि प्रहरीले डम्बरबहादुरलाई कोहलपुरबाट सोमबार पक्राउ गर्न सफल त भयो, तर नाबालकको ज्यान जोगाउन सकेन। किनकि पक्राउ पर्दासम्म डम्बर बहादुरले छोराको हत्या गरिसकेका थिए। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बोहोरा १६ साउनमा छोरा लिएर घरबाट फरार भएको बताए। 'परिवारले नाबालकसहित बोहोरा हराएको उजुरी दिएपछि प्रहरीले खोजी गरेको थियो,' सुवेदीले जानकारी दिए, 'खोजतलासका क्रममा बोहोरालाई सोमबार बिहान ९ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको हो।'

बोहरा एक्लै पक्राउ परेपछि प्रहरीले छोराबारे सोधपुछ गरेको थियो। पक्राउ परेका बोहोराले आफैंले हत्या गरेको बताएका थिए। प्रहरीले शव देखाउन भनेपछि बोहोराले बताएकै स्थानमा बालकको शव भेटिएको डीएसपी सुवेदीले जानकारी दिए।

बालकको शव बोहोराले बताएको 'लोकेसन' बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सिमानामा पर्ने ग्याङ नदीको पश्चिम क्षेत्रमा पर्ने जनकल्याण मध्यवर्ती सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीको साथमा बाँसगढी नगरपालिका ९ का वडाध्यक्ष चन्द्रबहादुर शाही, स्थानीय युवा अगुवा रेशम अधिकारी लगायतको टोलीले शव खोजतलास गरेको थियो। 

'डम्बरबहादुरले भनेको ठाउँ खोज्दै जाँदा बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाको सिमानामा एउटा जंगल छ त्यहीँ शव भेटिएको थियो,' वडाध्यक्ष शाहीले बताए, 'दुई पालिकाको सीमानामा ग्याङ नदी छ, त्यसको पश्चिम क्षेत्रमा पर्ने जनकल्याण मध्यवर्ती सामुदायिक वनमा क्षतविक्षत अवस्थामा शव भेटिएको हो।' 

'शव हेर्दा ५/६ दिन पहिले नै हत्या गरेर फालेको जस्तो देखिन्थ्यो, बालकको छातीमा चिरेको घाउ स्पष्ट छ,' स्थानीय युवा नेता रेशम अधिकारीले भने। डम्बरबहादुर बोहरा र कृष्णा चन्दको दम्पती बैतडी स्थायी घर भई हाल बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेको माइतीमा डेरा गरी बस्दै आएको थियो। 

यो दम्पतीको केही वर्षअघि १८ महिनाको छोरी पनि घरबाटै बेपत्ता भएको पाइएको छ। त्यो शिशुको हालसम्म पत्ता लाग्न नसकेको कृष्णा चन्दका भाइ शरद चन्दले जानकारी दिए। 'पहिले छोरी हराएर हालसम्म नभेटिनु र अहिले छोरा सहित फरार भएर हत्या गरेको स्वीकार गरेपछि बोहोरा थप अनुसन्धानमा तानिएका छन्,'  वडाध्यक्ष शाहीले भने।

प्रहरीले यही घटनामा संलग्न भएको भन्दै बाँसगढी नगरपालिकाबाटै अर्की एक महिलालाई समेत पक्राउ गरेको छ। तर घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप रहस्य खुलाउन चाहेन। स्रोतले भने केही वर्ष पहिले हराएको १८ महिने छोरी सोही महिलासँग रहेको हुन सक्ने अनुमानका आधारमा पक्राउ गरेको बताएको छ।

प्रकाशित: Aug 09, 2022| 13:03 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।