आइतबार, जेठ ३, २०८३

बेनी-जोमसोम-कोरला सडकमा करिब छ अर्ब खर्च

तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च भएको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि करिब रु छ अर्ब करोड बजेट खर्च भइसकेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्मको सडक विस्तार गर्न विसं २०७४ देखि सुरु भएको आयोजनामा रु पाँच अर्ब ८४ करोड खर्च भएको हो।

National life

विसं २०७२ मा भएको नाकाबन्दीपछि तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने दीर्घकालीन उद्देश्यले सडक आयोजना सुरु गरेको थियो। त अर्ब ५५ करोड कूल लागत अनुमान गरिएको सो आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले बताए। ‘सडकतर्फ ८० प्रतिशत र पुलतर्फ ६६ प्रतिशत भौतिक प्रगति भएको छ,’ उनले भने, ‘सडकतर्फ ६ अर्ब ३१ करोड र पुलतर्फ एक अर्ब २४ करोड बजेट खर्च भई कामसमेत भइरहेका छन्।’ सरकारले आर्थिक वर्ष २०७९-८० मा यस आयोजनालाई एक अर्ब ३८ करोड ७६ लाख विनियोजन गरेको छ। 

थपिएका मालढुङ्गा–बेनी १३ किमी र जोमसोम कागबेनी १३ किमी सडक कालोपत्र गर्ने योजना गत वर्षदेखि सुरु भएको हो। यसअघि बेनी गलेश्वर ४ किमी सडक स्तरोन्नतिको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएकामा सो सडक पनि अहिले कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ। जोमसोम कोरला ११० किमी सडकको सातमध्ये छवटा खण्डको काम सम्पन्न भई कालीगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेको छ। चराङ छोसेर २५ किमी सडकको भौतिक प्रगति ९० प्रतिशत छ। उक्त सडक चालु आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख प्रजापतिले बताए।

योसँगै जोमसोम कोरला सतवटै खण्डको ग्राभेल सकिने भएको छ। जोमसोम–कोरला सडकको समग्र भौतिक प्रगति ९८ प्रतिशत छ। उक्त सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न रु दुई अर्ब ६५ करोडमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। जोमसोम कोरला सडकअन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी १३ किमी अस्फाल्ट कालोपत्र विस्तार गर्न आर्थिक वर्ष २०७८-७९ मा २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले १० महिनामा तीन प्रतिशत मात्र भौतिक प्रगति गरेको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्म १३ किमी सडक स्तरोन्नतिसहित अक्फाल्ट कालोपत्र गर्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो। अहिले मालढुङ्गा बेनी १३ किमी सडकको भौतिक प्रगति २० प्रतिशत रहेको आयोजनाले जनाएको छ। कोरला नाका जोड्ने (बेनी जोमसोम कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ। जसमध्ये पाँचवटा पुल सम्पन्न भइसकेको र बाँकी १४ वटा पुल निर्माणधीन अवस्थामा छन्।

कोरला सडकअन्तर्गत म्याग्दीतर्फ दुईवटा र मुस्ताङतर्फ तीनवटा पुल निर्माण भएको आयोजना प्रमुख प्रजापतिले बताए। म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ। मुस्ताङ खण्डतर्फ लेते खोला, स्याङ खोला र पान्डा खोलामा पुल निर्माण भएको आयोजनाले जनाएको छ।  -  -रासस

प्रकाशित: Aug 09, 2022| 13:29 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।