देशभरबाट वार्षिक करिब १० लाख टन फोहर निष्काशन हुने गरेको छ। त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४...
संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा...
राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा शितल निवासमा निम्तो पठाएकी छन्। २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि चोलेन्द्र निलम्बनमा परेका हुन्।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको ७७औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार परराष्ट्र सचिव पौड्याल त्यसतर्फ प्रस्थान गरेका हुन्।
राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उनीमाथि १३ वर्षीया बालिकामा बलात्कार गरेको आरोप छ। भक्तपुर नगरपालिका-१ मा पर्ने दूधपाटीस्थित रेस्टुरेन्टमा लगेर बलात्कार गरेको जाहेरी परेपछि प्रहरीले भुजेललाई पक्राउ गरेको हो।
विगत ७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो।
साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
१७ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका कलाकार पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ। जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थगित भएको हो।
नयाँ करेन्ट साप्ताहिकका सम्पादक तथा अग्रज पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा निधन भएको छ। आज आइतबार बिहान बी एण्ड बी अस्पतालमा उनको निधन भएको हो।