कास्की- पोखरा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो।
एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई पक्राउ गरेर प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।