आफ्नो नाम सुनिधि राणा भएको र प्रधानन्यायाधीशको निवासमा बस्दै आएका आफ्ना बुबा (चोलेन्द्र)लाई नजरबन्दमा राखिएको भनेर मिडियासामु बयान दिएकी महिला छोरी नभएको खुलासा भएको हो।
सोमबार बेलुका गोली चल्दा घाइते भएका लाल मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।
भारतसँगको खुला सीमा र फितलो सुरक्षा रणनीतिले बाँकेमा लागूऔषध दुव्र्यसनी तथा ओसारपसार दिनानुदिन बढेपछि बाँके र भारतीय सहरमा सामाजिक अपराध बढिरहेको प्रहरी बुझाइ छ।
यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो।
कैलालीको भजनी नगरपालिका-८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्। वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।