रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको ठहर भई हालसम्म फरार रहेका ५७ वर्षीय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो।
सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठूला पाइप बिछ्याउन थालिएको हो।
बुधबार दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
संविधानको धारा ११३ को उपधारा ३ अनुसार सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संघीय संसद्को दुबै सदनले पारित गरी भदौ २० गते राष्ट्रपति कार्यालयमा पेश गरेको थियो।