आइतबार, वैशाख २८, २०८२

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ।
 |  शुक्रबार, असोज ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

vianetvianet

दाङ- टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन। दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ।  

triton college

पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए। उनका अनुसार रुकुम पूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो। ‘पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ’, उनले भने। 

पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ। अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ। टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुम पूर्व र रुकुमपश्चिममा चामल पठाएको छ। ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उनले बताए। ‘अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन’, सुनारले भने।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ। चामलमा प्रतिकिलो रु सातका दरले छुट दिएको उनले बताए।  बासमती चामलको मूल्य प्रतिकिलो रु एक सय तीन, जिरा मसिनो प्रतिकिलो रु ६० र सोना मसुलीको मूल्य प्रतिकिलो रु ४३ पर्छ। 

दाङमा धान प्रसस्त फल्छ। सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ। अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ। खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उनको भनाइ छ। तुलसीपुरमा कम्पनीको गोदाममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ। -रासस

National life insurance

प्रकाशित: Sep 23, 2022| 08:42 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।