शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुम पूर्व बस दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो

रुकुम पूर्व बस दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो

रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

रुकुम पूर्व- रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। 

National life

दुर्घटनामा परी मृत्यु हुनेहरूमा रुकुम पूर्व भूमे गाउँपालिका-५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका-८ का ३५ वर्षीय पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका-६ की ४० वर्षीया लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका १२ मध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट रुकुमकोट आउँदै गरेको धौलागिरी यातायात प्रालिको ग१ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना भएको थियो।

मध्यपहाडी लोकमार्ग हुँदै आएको बस रुकुम पूर्वको भूमे गाउँपालिका-३ क्याङ्सी बगर नजिक बिहीबार दुर्घटना भएको हो।

प्रकाशित: Sep 23, 2022| 06:58 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।